Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा कांग्रेसको लहर, विष्णु प्रसाद खनालप्रति बढ्दो जनविश्वास


१, फागुन २०८२
  • 126
    SHARES
  • अर्घाखाँचीमा कांग्रेसको लहर, विष्णु प्रसाद खनालप्रति बढ्दो जनविश्वास

    अर्घाखाँची - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा नेपाली कांग्रेसका उम्मेदवार विष्णु प्रसाद खनाल प्रति जनसमर्थन उत्साहजनक रूपमा बढ्दै गएको छ ।

    जिल्लाको मालारानी गाउँपालिका–४ निवासी तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री खनाललाई परिवर्तन र स्थिर नेतृत्वको प्रतीकका रूपमा मतदाताले हेर्न थालेका छन् ।

    लामो समयदेखि जिल्ला राजनीतिमा सक्रिय खनाल अखण्ड लुम्बिनी अभियान, स्थानीय तह सुदृढीकरण र विभिन्न सामाजिक अभियानमार्फत जनतामाझ भिजेको अनुहारका रूपमा परिचित छन् ।

    संगठन निर्माण, कार्यकर्तासँगको निरन्तर संवाद र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य प्रतिस्पर्धीभन्दा फरक बनाएको कांग्रेस नेताहरूको दाबी छ । गत निर्वाचनमा अत्यन्त झिनो मतान्तरले पछि परेको कांग्रेस यसपटक संगठनात्मक एकता, उत्साहित युवा पंक्ति र परिवर्तनको चाहनाले थप बलियो बनेको छ ।

    मालारानी गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा घरदैलो, भेटघाट र अन्तरक्रिया कार्यक्रम तीव्र पारिएको छ । कार्यक्रममा देखिएको जनउपस्थिति र सकारात्मक प्रतिक्रिया कांग्रेसका लागि शुभ संकेत मानिएको छ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक अर्घाखाँचीमा पुराना समीकरण फेरिने सम्भावना बलियो देखिएको छ । विगतमा व्यक्तिकेन्द्रित मतका आधारमा परिणाम प्रभावित भएको सन्दर्भमा अहिले भने पार्टीको एजेण्डा, विकास दृष्टि र स्वच्छ छविलाई मतदाताले प्राथमिकता दिन थालेका छन् ।
    खनालले आफू निर्वाचित भए अर्घाखाँचीलाई कृषि, पर्यटन र पूर्वाधार विकासको केन्द्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । “यो निर्वाचन केवल जित–हारको विषय होइन, अर्घाखाँचीको भविष्य निर्माणको अभियान हो,” उनले हालैको कार्यक्रममा बताएका छन् ।

    जिल्लामा बढ्दो चुनावी सरगर्मीबीच कांग्रेस कार्यकर्तामा उत्साह र मतदातामा आशा देखिँदा अर्घाखाँचीमा यसपटक कांग्रेसको जित सम्भव रहेको आँकलन गर्न थालिएको छ । फागुन २१ को परिणामले जिल्लाको नयाँ राजनीतिक दिशा तय गर्ने निश्चित छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend