Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरान अमेरिका युद्धको पछिल्लो अपडेट

इरानमा ७४२ सर्वसाधारणको मृत्यु, ६ अमेरिकी सैनिक मारिए


१९, फागुन २०८२
  • 100
    SHARES
  • इरानमा ७४२ सर्वसाधारणको मृत्यु, ६ अमेरिकी सैनिक मारिए

    काठमाडौं । इरानमा शनिबार युद्ध सुरु भएयता ७०० भन्दा बढी मानिस मारिएका छन् । सोमबार अपराह्नसम्ममा इरानमा १७६ बालबालिकासहित कम्तीमा ७४२ सर्वसाधारणको मृत्यु भएको ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले जनाएको छ । 

    ९०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको छ ।  अन्य सयौँको मृत्युको खबरलाई प्रमाणीकरण गर्ने काम भइरहेको उक्त समूहले बताएको छ ।

    पछिल्लो २४ घण्टामा धार्मिक भवन र घरहरूमा क्षति पुगेको रिपोर्टहरू पनि आएका छन् । उक्त समूहका अनुसार तेहराननजिकैको सहर करजमा एउटा मस्जिद, धेरै आवासीय भवन, राजधानीको दक्षिणमा रहेको एउटा गभर्नरको कार्यालय र होर्मुज जलडमरूमध्यमा रहेको बन्दर अब्बासको ‘शाहिद बाहोनर पियर’मा क्षति पुगेको छ । इरानले तेहरानका अस्पतालहरूमा पनि क्षति पुगेको दाबी गरेको छ ।

    समाचार अनुसार पछिल्लो २४ घण्टामा प्रहार गरिएका सैन्य लक्ष्यहरूमा पश्चिमी सहर सनन्दजमा रहेको कुर्दिस्तान कानुन कार्यान्वयन कमान्डको मुख्यालय र कुर्दिस्तान सीमा सुरक्षा कमान्ड केन्द्र रहेका छन् । उक्त समूहका अनुसार इस्फाहानको एउटा एयर बेस र तेहरानको एउटा सेनाको बेसमा पनि क्षति पुगेको छ ।

    सीएनएनले यी रिपोर्टहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले आफ्नो विश्लेषण प्रारम्भिक भएको र यो परिवर्तन हुन सक्ने बताएको छ ।

    इरान अमेरिका युद्धको पछिल्लो अपडेट
    यसैबीच, इजरायलले इरानको सरकारी टेलिभिजन प्रसारक र तेहरानका अन्य क्षेत्रहरूमा भारी हवाई आक्रमण गरेको छ ।  

    इरानको रिभोलुसनरी गार्डका एक कमान्डरले होर्मुज जल मार्ग अहिले बन्द गरिएको बताएका छन् । त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन् । 

    अमेरिकी सेनाले इरानसँगको द्वन्द्वका क्रममा कम्तीमा ६ जना अमेरिकी सैनिक मारिएका छन् ।

    यसैबीच, कतारले आफ्नो भूभाग र अन्य खाडी राष्ट्रहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघका महासचिव र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र पठाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध इजरायलसँग मिलेर गरिएका समन्वयात्मक आक्रमणहरू आत्म–रक्षाका लागि चालिएको कदम भएको बताएका छन् ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले कुवेत सरकारले आफ्नो भूमिबाट कुनै पनि आक्रमण नगर्ने वाचा गरेको अवस्थामा अमेरिकी जेटहरू किन उसको हवाई क्षेत्रमा थिए भन्ने विषयको व्याख्या गर्नुपर्ने बताएका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend