Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी


३, चैत २०८२
  • 117
    SHARES
  • काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

    अफगानिस्तान । सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ।

    यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ। पूर्वी अफगानिस्तानमा समेत गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि गैरसैनिक  क्षेत्रलाई लक्षित नगरेको पाकिस्तानको भनाइ छ।

    अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको जानकारी दिएका छन्।

    आक्रमणले २,००० शय्या क्षमताको उक्त अस्पतालको ठुलो भाग नष्ट गरेको छ। उनले हालसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको र करिब २५० जना घाइते भएको बताएका छन्।

    स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ। फितरतका अनुसार उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिएका छन्।

    दुई छिमेकी देशबीच वर्षौंपछिको सबैभन्दा घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ। यो हवाई आक्रमण हुनुभन्दा केही घण्टा अघि मात्र साझा सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको अफगान अधिकारीहरूले बताएका थिए।

    अफगान सरकारले यस आक्रमणको निन्दा गर्दै पाकिस्तानले 'आतंक मच्चाउन अस्पताल र नागरिक स्थलहरूलाई लक्षित गरेको' आरोप लगाएका छन्। 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend