Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा इरानको अस्वीकार


१२, चैत २०८२
  • 113
    SHARES
  • अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा इरानको अस्वीकार

    काठमाण्डौ – इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको छ । इरानले आफूमाथि भइरहेका आक्रमण र हत्या पूर्णत बन्द हुनुपर्ने, इस्लामिक गणतन्त्रमाथि फेरि आक्रमण नहुने सुनिश्चितता प्रदान गर्नका लागि ठोस संयन्त्र स्थापना हुनुपर्ने, युद्धको क्षतिपूर्ति रकम पाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने र हर्मुज जलमार्गमा इरानले सार्वभौम अधिकार अभ्यास गर्न पाउनेगरी अन्तर्राष्ट्रिय मान्यता र सुनिश्चितता हुनुपर्ने शर्त अघि सारेको छ । 

    इरानले अमेरिकासँग भइरहेको भनिएको वार्तालाई अस्वीकार गरेसँगै दुई देशबीच गहिरो अविश्वास देखिएको बीबीसीले जनाएको छ । वाशिङ्टनले वार्तामा प्रगति भइरहेको दाबी गरे पनि तेहरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । यद्यपि भित्रभित्रै केही कूटनीतिक प्रयासहरू भइरहेका खबरमा उल्लेख छ ।

    अमेरिका र इजरायलले सैन्य दबाबमार्फत इरानमाथि जित हासिल गर्ने अपेक्षा गरे पनि इरानले कडा रूपमा जवाफ दिइरहेको छ । जसले गर्दा मध्यपूर्वमा क्षेत्रीय तनाव कायम छ । इरानले छिमेकी देशहरूमा आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्रसंघले सबै पक्षलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ ।

    यसैबीच फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा संकटकाल घोषणा गर्ने फिलिपिन्स पहिलो देश हो । राष्ट्रपति फर्डिनान्ड मार्केस जुनियरले संकटकाल घोषणा गर्नुभएको हो ।

    युद्धले हर्मुजको जलमार्गमा अवरोध भएपछि विश्व बजारमा इन्धन अभाव तथा मूल्यवृद्धि भएको छ । पश्चिम एसियाबाट ग्यास तथा कच्चा तेल किन्ने गरेका एसियाली देशहरू विशेष मारमा छन् । फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend