Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मध्यपूर्व युद्धमा यमनका हुथी विद्रोहीको पनि प्रवेश


१५, चैत २०८२
  • 102
    SHARES
  • मध्यपूर्व युद्धमा यमनका हुथी विद्रोहीको पनि प्रवेश

    काठमाण्डौ - मध्यपूर्वमा चलिरहेको युद्धमा यमनको विद्रोही समूह हुथी पनि संलग्न भएको छ । हुथी विद्रोही समूहले हिजो मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । 

    हुथीका सैन्य प्रवक्ता याह्या सरेले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा धेरै महत्त्वपूर्ण सैन्य स्थलहरूलाई लक्षित गरी क्रुज मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख गरेका बीबीसीले जनाएको छ । आक्रमण इरान र लेबनानका सैन्य गतिविधिसँग मिलेर गरिएको र यसले आफ्नो उद्देश्य सफलतापूर्वक हासिल गरेको दाबी गरिएको छ । 

    इरानसँग निकट मानिने हुथी एक प्रमुख संगठन हो । सन् १९९४ मा यमनमा स्थापना भएको कट्टरपन्थी सिया इस्लामिक संगठन हुथीलाई प्रशिक्षण, हतियार तथा आर्थिक सहयोग उपलब्ध गराएको आरोप इरानमाथि लाग्दै आएको छ । 

    इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको छ । क्षेत्रीय तनाव चर्किँदै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था जटिल बन्दै गएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend