Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरान युद्धको असर अमेरिकी राजनीतिमा, सत्ता र विपक्षबीच तीव्र खिचातानी


८, जेठ २०८३
  • 31
    SHARES
  • इरान युद्धको असर अमेरिकी राजनीतिमा, सत्ता र विपक्षबीच तीव्र खिचातानी

    वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी सैन्य नीतिलाई लिएर राजनीतिक विवाद तीव्र बनेको छ । संसदमा उनको युद्ध अधिकार सीमित गर्ने प्रस्तावमा मतदान रोकिएपछि विवाद अझ चर्किएको हो ।

    अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेट सांसदहरूले ‘वार पावर्स रिजोलुशन’ नामक प्रस्ताव दर्ता गरेका थिए । यसको उद्देश्य राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कुनै पनि ठुलो सैन्य कारबाहीमा संसद्को नियन्त्रण सुनिश्चित गर्नु थियो ।

    तर प्रस्ताव पास हुने सम्भावना बलियो देखिएपछि रिपब्लिकन नेताहरूले मतदान नै स्थगित गरेका छन् । अब यो विषयमा जुन महिनामा मतदान हुनसक्ने बताइएको छ । यसैबिच सिनेटमा पनि यस्तै प्रस्ताव अघि बढिरहेको छ, जहाँ चार रिपब्लिकन सांसदहरूले डेमोक्रेटहरूको समर्थनमा मतदान गरेको रिपोर्ट छ । यसले ट्रम्प प्रशासनभित्रै दबाब बढाएको छ ।

    होर्मुज क्षेत्रमा बढ्दो तनावका कारण विश्वव्यापी ढुवानी प्रभावित भएको छ । साथै, अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको खबर आइरहेको छ । विपक्षी सांसदहरूले यो अवस्थाले अमेरिकालाई आर्थिक र रणनीतिक दुवै रूपमा क्षति पु‍र्याइरहेको आरोप लगाएका छन् ।

    डेमोक्रेट सांसद जर्जरी मिक्सले कांग्रेसको संवैधानिक जिम्मेवारी युद्धजस्ता ठुला निर्णयमा नियन्त्रण कायम राख्नु भएको बताएका छन् । उनले सरकारलाई अन्धाधुन्ध समर्थन गर्नु संसद्को काम नभएको पनि स्पष्ट पारे । पहिले प्रस्तावको विरोध गरेका मेन राज्यका सांसद जारेड गोल्डन अहिले यसको समर्थनमा उभिएका छन् ।

    सन् १९७३ को वार पावर्सअनुसार राष्ट्रपतिले संसद्को अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सैन्य कारबाही गर्न पाउँछन् । त्यसपछि संसद्को स्वीकृति अनिवार्य हुन्छ । तर ह्वाइट हाउसले भने इरानसँग युद्धविराम भएका कारण यो नियम लागू नहुने दाबी गरेको छ ।

    यता,राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धमा सम्झौताको लागि ढोका खुला राख्दै आवश्यकता परे इरानमाथि फेरि ठुलो सैन्य आक्रमण गर्न सकिने सङ्केत दिइरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत सैन्य अधिकारीहरूलाई ‘कुनै पनि समय ठुलो आक्रमणका लागि तयार रहन निर्देशन दिएका छन् । एजेन्सी

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend