Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित


२१, जेठ २०८३
  • 104
    SHARES
  • अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित

    काठमाण्डौ – अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । 

    युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि २१५ मध्ये २०८ को भारी मतले यो प्रस्ताव पारित भएको हो । चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो । आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ । 

    यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानुन बन्ने छैन । यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ । सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । 

    युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन् ।  

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend