Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

‘कांग्रेस फुटेको छैन, एकताको नाटक बन्द गरौं’ : अब्दुल सत्तारको चेतावनी


२२, जेठ २०८३
  • 86
    SHARES
  • ‘कांग्रेस फुटेको छैन, एकताको नाटक बन्द गरौं’ : अब्दुल सत्तारको चेतावनी

    काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीभित्र पछिल्लो समय उठाइँदै आएको ‘एकता’को बहसमाथि कडा टिप्पणी गरेका छन्। कांग्रेस फुटेकै नभएको अवस्थामा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा ‘एकता, एकता’ भन्दै भ्रम फैलाउने प्रयास भइरहेको उनको आरोप छ।

    नेता सत्तारले कांग्रेसको वास्तविक बटम लाइन कुनै व्यक्ति वा गुटको सम्झौता नभई पार्टीको विधि, विधान र नियमित महाधिवेशन भएको स्पष्ट पारे। उनले कांग्रेसभित्र देखिएका मतभिन्नतालाई फुटको संज्ञा दिन नमिल्ने उल्लेख गर्दै पार्टीको संस्थागत प्रक्रियालाई कमजोर पार्ने गतिविधिबाट सबै सचेत हुनुपर्ने बताए।

    पत्रकार संगको भेटघाटमा उनले भने “मैले नबुझेको कुरा के हो भने कांग्रेस फुटेकै छैन, फेरि पनि सामाजिक सञ्जालमा एकता-एकता भन्दै हिँडिएको छ। नफुटेको कांग्रेसलाई एक बनाउनुपर्ने भन्ने भाष्य नै गलत छ,” सत्तारले भने।

    उनले कांग्रेसको शक्ति व्यक्तिमा नभई संगठन, विचार र लोकतान्त्रिक अभ्यासमा रहेको उल्लेख गर्दै पार्टीको विधान, नीति, नियम, निर्देशन र गौरवशाली परम्परालाई स्वीकार गरेर अघि बढ्नु नै सबैका लागि हितकर हुने धारणा राखे।

    सत्तारले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन नियमित महाधिवेशन, विधिसम्मत निर्णय प्रक्रिया र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए। “कांग्रेसको बटम लाइन भनेकै नियमित महाधिवेशन हो। पार्टीको विधान र संस्थागत मूल्य मान्यताभन्दा माथि कोही हुन सक्दैन,” उनले जोड दिए।

    उनले व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने दिशामा केन्द्रित हुन नेता-कार्यकर्तालाई आग्रह गरे। कांग्रेसलाई एकताबद्ध, अनुशासित र जनमुखी संगठनका रूपमा अगाडि बढाउन सबै पक्षले विधि र पद्धतिलाई आत्मसात गर्नुपर्ने उनको भनाइ छ।

    नेता सत्तारले पार्टीको दीर्घकालीन हित, लोकतान्त्रिक संस्कार र संगठनात्मक मजबुतीका लागि सबैले साझा प्रतिबद्धता जनाउनुपर्ने जोड दिएका थिए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend