Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए


२, असार २०८३
  • 83
    SHARES
  • ‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए

    काठमाडौं । ‘ककरोच जनता पार्टी’ (सीजेपी)का संस्थापक अभिजीत दीपके सडकमै कुटिएका छन् । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा एक विरोध प्रदर्शनका क्रममा दीपकेमाथि एक व्यक्तिले थप्पड प्रहार गरेका छन् । 

    जयपुरस्थित ‘सहिद स्मारक’मा सोमबार दिउँसो ३ बजे आयोजना गरिएको शान्तिपूर्ण सभामा दीपके मञ्चतर्फ जाँदै गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा समर्थकहरूले दीपकेलाई काँधमा बोकेर लैजाँदै गर्दा भीडमा रहेका केही व्यक्तिहरूले उनको स्कार्फ तानेको देखिन्छ ।

    त्यसपछि उनीहरूले दीपकेमाथि कयौँ थप्पड प्रहार गरेका र उनलाई तल खसाल्ने प्रयास गरेको भिडियोमा देखिन्छ । घटनापछि कार्यक्रमस्थलमा ठूलो हंगामा र भागदौड मच्चिएको थियो ।

    भारतको नेशनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट (नीट) को प्रश्नपत्र बाहिरिएको प्रकरण तथा शिक्षा प्रणालीका कमजोरीहरूको विरोधमा सीजेपीले देशव्यापी प्रदर्शन गरिरहेको छ । केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्ली र पुणेपछि जयपुरमा पनि उक्त प्रदर्शन आयोजना गरिएको थियो ।

    स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार घटनालगत्तै प्रहरीले सक्रियता देखाउँदै कुटपिटमा संलग्न युवकलाई नियन्त्रणमा लिएको छ ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend