Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १० हजारभन्दा बढीको मृत्यु आशंका, देशभर संकटकाल घोषणा


११, असार २०८३
  • 92
    SHARES
  • भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १० हजारभन्दा बढीको मृत्यु आशंका, देशभर संकटकाल घोषणा

    कराकस । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको शक्तिशाली दोहोरो भूकम्पले ठूलो मानवीय क्षति निम्त्याएको आशंका गरिएको छ। प्रारम्भिक विवरणअनुसार करिब १० हजार जनाले ज्यान गुमाएको अनुमान गरिएको छ भने हजारौं मानिस घाइते तथा बेपत्ता भएका छन्।

    बीबीसीका अनुसार अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भेनेजुएलामा ७.२ र ७.५ म्याग्निट्युडका दुई शक्तिशाली भूकम्प गएको पुष्टि गरेको छ। पहिलो भूकम्प गएको केवल ३९ सेकेन्डपछि दोस्रो र अझ शक्तिशाली भूकम्प आएपछि व्यापक विनाश भएको हो।

    स्थानीय समयअनुसार साँझ ६ बजे राजधानी कराकसको पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। साँझको समय भएकाले अधिकांश नागरिक घरभित्रै रहेकाले मानवीय क्षति अत्यधिक भएको अनुमान गरिएको छ।

    भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गरेकी छन्। उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सेना र आपतकालीन निकायहरू परिचालन गरिएको छ। देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसमेत बन्द गरिएको छ भने विद्युत् र इन्टरनेट सेवा गम्भीर रूपमा प्रभावित भएको छ।

    विपत्तिप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका जनताप्रति समवेदना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मार्फत उनले भूकम्पले डरलाग्दो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै अमेरिका सहयोग गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

    राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनका सबै निकायलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन निर्देशन दिइसकेको जनाएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले तत्काल खोज तथा उद्धार टोली, औषधि र राहत सामग्री भेनेजुएला पठाइने जानकारी दिएका छन्।

    भूकम्पको शक्तिशाली झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म महसुस गरिएको बताइएको छ। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

    भेनेजुएलाको इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एक मानिएको यस घटनाले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको छ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend