सार्वजनिक मतपरिणामअनुसार खुलातर्फ स्वर्णिम वाग्ले सर्वाधिक २,६०७ मत सहित पहिलो स्थानमा रहेका छन्। दोस्रो स्थानमा सोविता गौतमले २,५१४ मत प्राप्त गरेकी छन् भने शिशिर खनाल २,४५५ मतसहित तेस्रो स्थानमा छन्। त्यसपछि सागर ढकाल (२,३३३), तोषिमा कार्की (२,२५७), रञ्जु दर्शना (२,२४९), मनीष झा (२,२३७) र हरि ढकाल (२,२१९) क्रमशः अग्रस्थानमा रहेका छन्।
खुला प्रतिस्पर्धामा कविन्द्र बुलाकोटी, विपिन आचार्य, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राममगर, गणेश पराजुली, जवादीश खरेल, पुकार बम, सुलभ खरेल, प्रमोद न्यौपाने, यज्ञमणि न्यौपाने, सीमित पोखरेल, राजुनाथ पाण्डे, रिमा विश्वकर्मा, असीम शाह, खगेन्द्र सुनुवार, राजीव क्षेत्री, समीक्षा बाँस्कोटा, गणेश कार्की, हिमेश पन्त, प्रकृति ढकाल, गीता चौधरी, सुशान्त वैद्यक, जगदीश खरेल, मिलन लिम्बु, लिमा अधिकारी, टीका सङ्ग्रौला, शङ्कर श्रेष्ठ, क्रान्तिशिखा घिताल, आशिषा तामाङ, सुदीप ढकाल, बब्लु गुप्ता, करिश्मा कठरिया, अनुस्का श्रेष्ठ, विजय जैह, अशोककुमार चौधरी, निशा श्रेष्ठ, शिव नेपाली, जुली यादव, हेमराज भट्ट, कुसुम महर्जन, कामिनीकुमारी चौधरी, हिरालाल बादी, सङ्गीता तामाङ, सफिना मियाँ, प्रदीप बिष्ट, जमुना शर्मा, रहवर अन्सारी, रोहन कार्की, सबिना विक, सुशीला पोखरेल, रक्षा रायमाझी, रूपक घिमिरे, अरविन्द शाह र खिमा विक पनि अग्रस्थानमा रहेका उम्मेदवारको सूचीमा परेका छन्।
प्रदेशतर्फ कोशी प्रदेशबाट निशा मेहता (१,८६१) पहिलो स्थानमा रहँदा विश्वराज पोखरेल (१,४६०) दोस्रो स्थानमा छन्। मधेश प्रदेशमा सुभा बस्नेत (१,४१८) अग्रस्थानमा छिन् भने सरिताकुमारी चौधरी (१,२८०) दोस्रो स्थानमा रहेकी छन्। बागमती प्रदेशमा प्रभा ढकाल (१,५१३), विद्युती राणा (१,३३०), आकांक्षा पोखरेल (८५०), अनिता श्रेष्ठ (८०२) र पार्वती थापा (७४९) अग्रस्थानमा छन्।
त्यस्तै गण्डकी प्रदेशबाट पवित्रा थापा (१,०४२), मनीष खनाल (१,०१२), सोम शर्मा (९५५), पूजा बास्तोला (८९३) र पार्वती अधिकारी (८१५) शीर्ष पाँचमा परेका छन्।
लुम्बिनी प्रदेशमा कल्पना पाण्डे (१,१०७) सर्वाधिक मतसहित अग्रस्थानमा रहँदा सङ्गीता ढकाल (१,०१२), झानु पौडेल (८९७), देवराज पाठक (८२०) र शर्मिला खनाल (६६४) क्रमशः अगाडि छन्।
कर्णाली प्रदेशबाट सीता बादी (१,७५१) पहिलो स्थानमा छिन् भने विनिता कठायत (१,५००), टासी ल्हाङजोम (१,१३५), मेनुका शाही (९७८) र गोमा थापा (६९६) पनि अग्रस्थानमा रहेका छन्।
सुदूरपश्चिम प्रदेशतर्फ हेमराज थापा (२,०३०) ले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। त्यसपछि केपी खनाल (१,८४०), दीपकराज बोहोरा (१,४५०), जानकी जोशी (१,१४८) र चन्द्राय ऐर चाँदनी (१,१२२) क्रमशः शीर्ष स्थानमा छन्।
निर्वाचन समितिका अनुसार हालसम्म सार्वजनिक गरिएको मतपरिणाम देशभित्रका प्रतिनिधिहरूको मतगणनामा आधारित प्रारम्भिक विवरण हो। प्रवासबाट प्राप्त मत अझै जोड्न बाँकी रहेकाले अन्तिम मतपरिणाम त्यसपछि मात्रै औपचारिक रूपमा घोषणा गरिने जनाइएको छ।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय सदस्य निर्वाचनलाई पार्टीको भावी नेतृत्व निर्माणका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रवासको मतसमेत समावेश भएपछि केही उम्मेदवारको स्थानमा परिवर्तन आउने सम्भावना रहेको निर्वाचन समितिको भनाइ छ।