Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिका र इरानबीचको वार्ता सकारात्मक प्रगति भएको कतारकाे दावी


१८, असार २०८३
  • 88
    SHARES
  • अमेरिका र इरानबीचको वार्ता सकारात्मक प्रगति भएको कतारकाे दावी

    काठमाडाैं । कतारी विदेश मन्त्रालयले राजधानी दोहामा अमेरिका र इरानबीचकाे जारी अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको जनाएको छ ।

    कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेकाे छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको हाे । दुवै पक्षले आगामी दिनमा हुने छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन् ।

    इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने याेजना रहेकाे हाे । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ ।

    इरानले युरेनियम संवर्द्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाईन बनाएको हाे। विश्लेषकहरूले वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला छ ।यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हाे।

    तेलको मूल्य करिब २ प्रतिशतले घट्दै चार महिनायताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल करिब ७१ दशमलव ५ देखि ७२ अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको हाे ।

    दुवै पक्षले तनाव थप बढ्न नदिई सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन र इरानको रोक्का सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन् ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend