Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान 


२२, साउन २०८०
  • 223
    SHARES
  • हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान 

    काठमाडौँ । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री रेखा शर्माले शाहलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो । त्यस्तै २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेललाई प्रदान गरिएको छ ।

    त्यस्तै संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गरिएको छ भने अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गरिएको छ । 

    पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ । पुरस्कार हस्तान्तरण कार्यक्रममा मन्त्री शर्माले समाज रुपान्तरणका लागि नेपाल चलचित्र र कलाकारहरुको योगदान निकै महत्वपूर्ण रहेको भन्दै सरकारले कदर गर्ने बताउनुभयो । यस क्षेत्रको बिकास र जीवन गुजार्ने व्यक्तिहरुका लागि पनि सरकारले उचिक कदम चाल्ने उहाले बताउनुभयो ।

    २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend