Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पार्टी एकताका लागि नरम, कमजोरी सुधार्न निर्मम बन्छु : सभापति थापा


२५, भदौ २०८३
  • 97
    SHARES
  • पार्टी एकताका लागि नरम, कमजोरी सुधार्न निर्मम बन्छु : सभापति थापा

    स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन आफू आवश्यक परे अझै नरम भएर अघि बढ्न तयार रहेको बताएका छन्। तर पार्टीभित्र देखिएका कमजोरी, विकृति र कमीकमजोरी सुधार्ने विषयमा भने आफू निर्मम बन्ने उनको स्पष्ट धारणा छ।

    कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको हितलाई केन्द्रमा राखेर आफू जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    “पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,” सभापति थापाले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी–कमजोरीलाई हटाएर निर्मम भएर पनि अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन, तर पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु।”

    पार्टीभित्रको एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मेवारी आफूले गम्भीरतापूर्वक बुझेको बताए। पार्टीको आन्तरिक शक्ति र संगठनलाई मजबुत बनाउँदै नागरिकको विश्वास जित्ने दिशामा आफूले काम गर्ने उनको भनाइ थियो।

    सभापति थापाले देश जटिल परिस्थितिबाट गुज्रिएका बेला नेपाली कांग्रेसले जिम्मेवार राजनीतिक शक्तिका रूपमा भूमिका निर्वाह गर्दै आएको दाबी गरे। संकट र कठिन परिस्थितिमा पार्टीले नागरिकका समस्या समाधानका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले कांग्रेसप्रति नागरिकको विश्वास र भरोसा अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले स्वर्गीय गोपालमान श्रेष्ठले नेपाली कांग्रेसलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गरे। पार्टी संगठन निर्माणदेखि लोकतान्त्रिक आन्दोलनसम्म श्रेष्ठले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै थापाले उनको योगदान कांग्रेसको इतिहासमा महत्वपूर्ण रहेको बताए।

    यसैबीच, देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला सरकारको आलोचना वा टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाले बताए। विपद्का कारण नागरिकले ठूलो पीडा भोगिरहेका बेला राजनीतिक दलहरूबीच सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उनको संकेत थियो।

    शोकसभामा कांग्रेसका महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका नेताहरूले स्वर्गीय श्रेष्ठको राजनीतिक योगदान र पार्टीप्रतिको भूमिकाको स्मरण गरेका थिए।

    नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनपछि उनको योगदानलाई स्मरण गर्दै आयोजित शोकसभामा कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। नेताहरूले श्रेष्ठको राजनीतिक निष्ठा, संगठनप्रतिको प्रतिबद्धता र पार्टी निर्माणमा उनले खेलेको भूमिकालाई आगामी पुस्ताले पनि स्मरण गर्नुपर्नेमा जोड दिए। रासस

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend