Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पैसा नभएकै कारण सडकमा सुत्केरी हुनुपर्ने अवस्था अपराध हो : कल्याण गुरुङ


२६, भदौ २०८३
  • 85
    SHARES
  • पैसा नभएकै कारण सडकमा सुत्केरी हुनुपर्ने अवस्था अपराध हो : कल्याण गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक गर्भवती महिलाले पैसा अभावकै कारण अस्पतालबाहिर सडकपेटीमा बच्चा जन्माउनुपरेको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    राजविराज नगरपालिका-१४, पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान मंगलबार राति सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। तर रगत जाँचलगायतका प्रक्रियाका लागि आवश्यक खर्च जुटाउन नसक्दा अस्पताल भर्ना हुन नसकेको र अस्पतालबाट करिब १० मिटर पश्चिम सडकपेटीमै उनले छोरालाई जन्म दिएको समाचार सार्वजनिक भएपछि आफू स्तब्ध भएको गुरुङले बताएका छन्।

    गुरुङले यो घटना कुनै पनि सभ्य समाजका लागि अत्यन्त पीडादायी, लज्जास्पद र गम्भीर प्रश्न खडा गर्ने विषय भएको बताएका छन्। ‘पैसा नभएकै कारण कुनै गर्भवती महिलाले सडकपेटीमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु सामान्य घटना होइन,’ गुरुङले भनेका छन्, ‘यो कानुनी प्रश्न मात्र होइन, सामाजिक र मानवीय दृष्टिले समेत गम्भीर अपराध हो।’

    उनी गरिब हुनु अपराध नभएको भन्दै आर्थिक अभावका कारण नागरिकले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

    ‘के गरिब हुनु वा पैसा नहुनु अपराध हो ? के गरिब मानिस पनि मानिस होइनन् ? गरिब नागरिकलाई मानवोचित व्यवहार किन गरिँदैन ? आर्थिक अभावकै कारण स्वास्थ्य उपचारको अधिकारबाट कसैलाई वञ्चित गर्न मिल्छ ?’ गुरुङले प्रश्न गरेका छन्।

    उनका अनुसार गर्भवती महिलाको सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व हो। आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि महिलाले अस्पतालको ढोकामा अपमान, बेवास्ता वा असहाय अवस्था भोग्नुपर्ने परिस्थिति स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

    गुरुङले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै संविधानप्रदत्त अधिकार व्यवहारमा कार्यान्वयन गर्न राज्यका संयन्त्र प्रभावकारी बन्नुपर्ने बताए।

    सरकारले मातृशिशु मृत्युदर घटाउने उद्देश्यले सञ्चालन गर्दै आएको ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत गर्भजाँच तथा संस्थागत प्रसूति सेवामा निःशुल्क सेवा, प्रसूति यातायातलगायतका सुविधा उपलब्ध गराउने नीति लिएको अवस्थामा समेत एउटी महिलाले पैसाको अभावमा अस्पतालबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु राज्यको सेवा प्रवाहमाथि नै गम्भीर प्रश्न भएको गुरुङले बताएका छन्।

    ‘सरकारले प्रसूति सेवा निःशुल्क गरेको दाबी गरिरहेको छ। अस्पतालसम्म पुग्ने यातायात सुविधा र आवश्यक प्रसूति सेवाका कार्यक्रम सञ्चालनमा छन्। तर व्यवहारमा एउटी सुत्केरी महिला पैसा नभएकै कारण सडकमा बच्चा जन्माउन बाध्य हुन्छिन् भने ती कार्यक्रम र राज्यका संयन्त्र कहाँ छन् ?’ उनले प्रश्न गरे।

    उनले सरकारी सेवा-सुविधाबारे नागरिकलाई पर्याप्त जानकारी नहुनु र उपलब्ध सेवा लिन खोज्दा समेत प्रक्रियागत तथा आर्थिक अवरोध सिर्जना हुनु गम्भीर समस्या भएको बताए।

    गुरुङले घटनाको तत्काल छानबिन गरी जिम्मेवार व्यक्ति वा निकायको पहिचान गर्न र दोषी देखिए कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। ‘यो घटनामा दोषी को हो भन्ने तत्काल छानबिन हुनुपर्छ। दोषीमाथि कारबाही भएको कुरा पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ,’ उनले भनेका छन्, ‘दण्डहीनताले यस्ता घटना दोहोरिन्छन्। भविष्यमा कुनै पनि सुत्केरी महिलाले पैसाको अभावमा सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउन नदिन राज्यले कठोर कदम चाल्नुपर्छ।’

    उनले घटनालाई केवल एउटा परिवारको पीडाका रूपमा नहेरी नेपालको स्वास्थ्य प्रणाली, सामाजिक असमानता, गरिब नागरिकको पहुँच र राज्यको सेवा प्रवाहमाथिको गम्भीर परीक्षणका रूपमा लिनुपर्ने बताएका छन्।

    ‘एक्काईसौँ शताब्दीमा एउटी आमाले अस्पतालको छेउमै सडकपेटीमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु हामी सबैका लागि लज्जाको विषय हो,’ गुरुङले भनेका छन्, ‘यस्तो पीडा कुनै पनि सुत्केरी महिलाले संसारको कुनै पनि ठाउँमा भोग्नु नपरोस्। राज्यले नागरिकको जीवन र सम्मान दुवैको रक्षा गर्नुपर्छ।’

    गुरुङले सरकारलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न तथा विपन्न र आर्थिक रूपमा कमजोर गर्भवती महिलाले निःशुल्क तथा सम्मानजनक रूपमा सुरक्षित प्रसूति सेवा पाउने व्यवस्था व्यवहारमै सुनिश्चित गर्न आग्रह गरेका छन्।

    Screenshot 2026-09-11 091320.png

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend