Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रबीच छलफल, अर्थतन्त्र चलायमान बनाउने उपायमा जोड


२६, भदौ २०८३
  • 58
    SHARES
  • प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रबीच छलफल, अर्थतन्त्र चलायमान बनाउने उपायमा जोड

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्या समाधान गर्ने विषयमा उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पछिल्लो आर्थिक अवस्थासँगै उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे विस्तृत रूपमा विचारविमर्श भइरहेको छ।

    छलफलमा लगानीको वातावरण सुधार, उद्योग तथा व्यवसाय विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायलाई प्राथमिकताका साथ उठाइएको छ। निजी क्षेत्रले सामना गरिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याबारे जानकारी लिँदै सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा पनि छलफल भइरहेको बताइएको छ।

    सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाएर अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्ने तथा लगानीकर्तालाई व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण साझेदारका रूपमा लिएर लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र उत्पादनमूलक गतिविधि विस्तारमार्फत अर्थतन्त्रलाई गति दिने विषयमा उद्योगी–व्यवसायीका सुझाव लिइरहेका छन्।

    सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत समस्याको पहिचान र समाधान खोज्ने प्रयासलाई अर्थतन्त्रमा देखिएको सुस्तता हटाउने तथा लगानीको वातावरण सुधार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend