Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग


२६, भदौ २०८३
  • 78
    SHARES
  • आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा प्रहरी महानिरीक्षक कार्कीमाथि गम्भीर भ्रष्टाचारका आरोप सार्वजनिक हुँदा पनि सरकारले कारबाही नगरेको भन्दै प्रश्न उठाए।

    उनले महानिरीक्षक कार्की, उनकी श्रीमती तथा अन्य उच्च अधिकारीहरूमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरी परेको दाबी गरे। प्रहरीका तल्लो तहका कर्मचारीका लागि खरिद गरिने जुत्ता, मोजालगायतका सामग्रीमा समेत अनियमितता गरेको आरोप कार्कीमाथि लागेको उनले बताए।

    ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियारदेखि सार्वजनिक लेखा समितिसम्म उजुरीको चाङ लागेको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोपसमेत लागेको छ,’ सुनारले संसद्मा भने।

    उनले यति गम्भीर आरोप लागिसक्दा पनि सरकारले महानिरीक्षक कार्कीलाई किन बर्खास्त नगरेको भन्दै सरकारसँग जवाफ मागे। साथै, उनीमाथि छानबिन अघि बढाउन ढिलाइ गर्नुको कारणसमेत स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए।

    ‘यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ?’ उनले प्रश्न गरे।

    सांसद सुनारले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका आरोपलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै आरोपको निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend