Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अब नागरिक एपमै हेर्न सकिनेछ विदेश भ्रमणको विवरण


२६, भदौ २०८३
  • 182
    SHARES
  • अब नागरिक एपमै हेर्न सकिनेछ विदेश भ्रमणको विवरण

    काठमाडौं । नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण अब अध्यागमन विभागको कार्यालय धाउन नपरी नागरिक एपबाटै प्राप्त गर्न सक्ने भएका छन्। अध्यागमन विभागले सेवा प्रवाहलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सूचना जारी गर्दै नेपाली नागरिकका लागि नागरिक एपमार्फत विदेश भ्रमणको विवरण हेर्न तथा डाउनलोड गर्न सकिने सेवा सुरु गरिएको जनाएको छ।

    यसअघि विदेश भ्रमणको विवरण आवश्यक परेमा सेवाग्राहीले अध्यागमन विभागको कार्यालयमै भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने व्यवस्था थियो। यसका कारण सेवाग्राहीले समय र खर्च व्यहोर्नुपर्ने तथा विवरण प्राप्त गर्न प्रक्रियागत झन्झटसमेत हुने गरेको थियो।

    नयाँ व्यवस्थासँगै अब यस्तो विवरण लिन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ। नागरिक एपमा आफ्नो राहदानी लिंक गरेका नेपाली नागरिकले एपभित्र रहेको ‘अध्यागमन’ शीर्षकमा गई ‘भ्रमण विवरण’ विकल्पमार्फत आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण हेर्न र डाउनलोड गर्न सक्नेछन्।

    विभागका अनुसार नागरिक एपमा लिंक गरिएको सम्बन्धित राहदानीका आधारमा मात्र भ्रमण विवरण उपलब्ध हुनेछ। यसले व्यक्तिको व्यक्तिगत विवरण तथा गोपनीयता सुरक्षित राख्न सहयोग पुग्ने विभागले जनाएको छ।

    नयाँ सेवाबाट सेवाग्राहीको समय र लागत बचत हुनुका साथै अध्यागमन विभागको सेवा प्रवाहसमेत थप छिटो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। प्रविधिको प्रयोगमार्फत सरकारी सेवा घरमै बसेर प्राप्त गर्ने प्रक्रियालाई यसले थप बलियो बनाउने देखिएको छ।

    विभागले विदेश भ्रमणको विवरण आवश्यक पर्ने व्यक्ति तथा सम्बन्धित संघ–संस्थालाई अब नागरिक एपबाट प्राप्त विवरणलाई नै आधिकारिक स्रोतका रूपमा स्वीकार गर्न अनुरोध गरेको छ।

    यससँगै विदेश भ्रमणको प्रमाण वा विवरण लिन अध्यागमन कार्यालयसम्म पुग्नुपर्ने पुरानो प्रक्रियाको अन्त्य हुँदै नागरिकका लागि सरकारी सेवा डिजिटल माध्यमबाटै प्राप्त गर्ने थप सहज बाटो खुलेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend