Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आन्तरिक रोजगारी बढाउन सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ सञ्चालन गरिने


३०, भदौ २०८३
  • 72
    SHARES
  • आन्तरिक रोजगारी बढाउन सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ सञ्चालन गरिने

    काठमाडौं । सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रसँगको सहकार्यमा सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने गरी मेला आयोजना गर्न लागेको हो।

    ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई प्रभावकारी बनाउने लक्ष्यसहित कोशी प्रदेशको इटहरीबाट मेला सुरु गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। इटहरीमा सरोकारवाला पक्षसँग छलफल गरिसकेको मन्त्रालयले मेलालाई क्रमशः देशका सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको छ।

    मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित बनाउने विषयमा बृहत् छलफलसमेत भएको छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले मेला सफल बनाउन आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    मन्त्रालयका अनुसार मेला औपचारिक कार्यक्रममा मात्र सीमित हुने छैन। रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी सोहीअनुसार कार्यस्थलमा आधारित सीपमूलक तालिम प्रदान गर्ने र तालिमपछि युवालाई प्रत्यक्ष रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ।

    मेलामार्फत कृषि, अटोमोबाइल, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधिलगायतका क्षेत्रमा आवश्यक सीप विकास गर्ने योजना छ। उद्योग तथा व्यवसायीलाई आगामी पाँचदेखि छ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र दक्षताको स्तरबारे स्पष्ट विवरण उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।

    उद्योग तथा व्यवसायीबाट प्राप्त मागका आधारमा आवश्यक सीप र तालिम सञ्चालन गर्न मन्त्रालय तयार रहेको छलफलमा बताइएको थियो।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै धेरैभन्दा धेरै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनु रहेको बताए। निजी क्षेत्रसँगको सहकार्यमा सीप विकास र रोजगारीबीचको दूरी घटाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend