Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान


४, असोज २०८३
  • 99
    SHARES
  • महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्क बसाइका क्रममा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्।

    महासभाका क्रममा उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा अन्तर्राष्ट्रिय निकायका विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा द्विपक्षीय हित, आपसी सहकार्य तथा नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    यसैबीच, संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आगामी ६ असोजमा अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय बैठक तथा कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend