Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान


८, असोज २०८३
  • 85
    SHARES
  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूबारे सार्वजनिक सूचना जारी गर्दै १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

    समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सिफारिसमा परेका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना, गुनासो वा उजुरी भए आधार र प्रमाणसहित १० दिनभित्र समितिमा पेस गर्न सकिनेछ। सर्वसाधारणले विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट आफ्ना उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ। प्रस्तावित व्यक्तिहरूबारे आम नागरिकलाई सुसूचित गराउन र प्रक्रियालाई पारदर्शी बनाउन सूचना प्रकाशित गरिएको सभापति श्रेष्ठले बताए।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत नियुक्ति गर्ने निर्णय गर्दै नामावली सिफारिस गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिस समितिमा प्राप्त भएसँगै सुनुवाइको चरण आरम्भ भएको हो।

    समितिले प्राप्त उजुरीहरूमाथि अध्ययन गरेपछि प्रस्तावित राजदूतहरूसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ। सुनुवाइ सकिएपछि समितिले नियुक्तिका लागि नाम अनुमोदन गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिनेछ।

  • खगेन्द्र सुनारमाथि तत्काल छानबिन र निलम्बनको माग, विवादले सरकार र पार्टीको छविमाथि गम्भीर प्रश्न

    काठमाडौँ । सांसद खगेन्द्र सुनारसँग जोडिएका विवाद र सार्वजनिक आलोचनाले सरकार तथा सम्बन्धित राजनीतिक दलको

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend