Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजामती सेवामा करार र ज्यालादारी कर्मचारी नियुक्तिमा कडाइ


१५, असोज २०८३
  • 67
    SHARES
  • निजामती सेवामा करार र ज्यालादारी कर्मचारी नियुक्तिमा कडाइ

    काठमाडौं । सरकारले निजामती सेवाअन्तर्गतका काममा जथाभावी ज्यालादारी तथा करार कर्मचारी नियुक्त गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने तयारी गरेको छ।

    सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती कर्मचारी विधेयकमा विशेष अवस्थाबाहेक निजामती कर्मचारीबाट सम्पादन गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको हो।

    प्रतिनिधिसभामा बिहीबार (असोज १५) पेस गरिएको विधेयकअनुसार कानुनले तोकेको विशेष अवस्थाबाहेक निजामती सेवाका कामका लागि ज्यालादारी वा करारमा कुनै व्यक्तिलाई नियुक्त गर्न रोक लगाइनेछ।

    विधेयकमा कानुनविपरीत गरिएको त्यस्तो नियुक्ति स्वतः बदर हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ। गैरकानुनी रूपमा नियुक्त गरिएका कर्मचारीलाई तलब, भत्ता वा अन्य सुविधा उपलब्ध गराइएको पाइएमा त्यस्तो रकम नियुक्ति गर्ने अधिकारीबाटै असुलउपर गर्ने प्रावधान राखिएको छ।

    सरकारी निकायमा आवश्यकताभन्दा बाहिर गएर करार तथा ज्यालादारी कर्मचारी नियुक्त गर्ने अभ्यास बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले विधेयकमा यस्तो कडाइ प्रस्ताव गरिएको हो।

    यो व्यवस्था कार्यान्वयनमा आएमा निजामती सेवाका नियमित काममा करार तथा ज्यालादारी कर्मचारी राख्ने अभ्यासमा थप नियन्त्रण हुने देखिन्छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend