Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्पको व्यापार नीतिले अमेरिकी गाडी उद्योगमा बढायो उत्पादन र लगानी


१८, असोज २०८३
  • 69
    SHARES
  • ट्रम्पको व्यापार नीतिले अमेरिकी गाडी उद्योगमा बढायो उत्पादन र लगानी

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण अमेरिकाको गाडी उद्योगमा उत्पादन र लगानी बढाउने वातावरण बनेको बताइएको छ । आयातित गाडीमा लगाइएको २५ प्रतिशत शुल्कपछि जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख कम्पनीले अमेरिकास्थित कारखानाको क्षमता विस्तार तथा विदेशमा भइरहेको केही उत्पादन स्वदेशमै ल्याउने योजना अघि बढाएका छन् ।

    गाडी उद्योगकी विश्लेषक स्टेफनी ब्रिन्लीका अनुसार आयात शुल्कबाट अमेरिकी गाडी उद्योगका केही क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । तर, व्यापार नीतिमा भइरहेका निरन्तर परिवर्तन र अनिश्चितताका कारण कम्पनीहरूले दीर्घकालीन लगानीका निर्णयमा सावधानी अपनाइरहेका छन् ।

    अमेरिका–क्यानडा व्यापारसम्बन्धी छलफलले पनि उत्तर अमेरिकी गाडी उद्योगमा थप अन्योल सिर्जना गरेको छ । होन्डाले उत्तर अमेरिकामा रहेका आफ्ना कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेको जनाएको छ भने भविष्यमा नयाँ कारखाना निर्माण गर्ने सम्भावनाबारे समेत अध्ययन गरिरहेको जनाएको छ ।

    आयात शुल्कसँगै विद्युतीय गाडीसम्बन्धी सरकारी नीतिमा भएका परिवर्तनको प्रभाव गाडीका पार्टपुर्जा उत्पादन गर्ने उद्योगमा पनि परेको बताइएको छ । अमेरिकामा यस क्षेत्रमा करिब ९ लाख ३० हजार मानिस कार्यरत छन् ।

    अमेरिकी श्रम तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा गाडी उद्योगमा करिब १८ लाख मानिस कार्यरत थिए । रोजगारी र उत्पादनमा सुधारका संकेत देखिए पनि आगामी दिनमा व्यापार नीति, लगानीको वातावरण र बजारको मागले अमेरिकी गाडी उद्योगको दिशा निर्धारण गर्ने देखिएको छ । रासस

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend