Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानको कडा अडान : सात सर्त पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने


१९, असोज २०८३
  • 71
    SHARES
  • इरानको कडा अडान : सात सर्त पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने

    काठमाडौं । इरानले अमेरिका र इरानबीच गत जुनमा भएको अन्तरिम समझदारीमा उल्लेखित सात सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने स्पष्ट पारेको छ।

    इरानी संसदका सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर कालीबाफले इरानको अडान स्पष्ट र दृढ रहेको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले जुनको समझदारीअनुसार तय भएका सात सर्त पूरा भएमा मात्रै होर्मुजमा समुद्री आवागमन पुनः सामान्य बनाइने बताएका हुन्।

    संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानले ती सात सर्त पूरा भएमा सात दिनभित्र होर्मुज जलमार्गमा सामान्य समुद्री आवागमन सुरु गर्न सकिने प्रस्ताव अघि सारेको थियो। अमेरिकाले उक्त प्रस्तावको जवाफ गत साता कतारमार्फत दिएको थियो।

    कालीबाफले अमेरिकाले कूटनीतिक प्रक्रियालाई लम्ब्याउने र एकतर्फी माग अघि सार्ने समय सकिएको दाबी गर्दै इरानको अडानलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार अमेरिकी प्रस्तावमा परमाणु विषयलाई प्राथमिकता दिइएको भए पनि अहिले इरानको मुख्य चासो होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनःस्थापना गर्नु हो। इरानले अमेरिकी प्रस्तावको जवाफ मध्यस्थमार्फत दिइसकेको भए पनि केही विषयमा थप छलफल आवश्यक रहेको उनले बताएका छन्।

    वार्ताबारे जानकारी राख्ने एक अधिकारीका अनुसार प्रस्तावमा सात दिनको विश्वास निर्माण प्रक्रियामार्फत जुनमा भएको समझदारी कार्यान्वयनलाई प्रभावकारी बनाउने योजना छ। यसमा इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित ठोस कदमसमेत समावेश छन्। तर दुई पक्षबीचको मुख्य मतभेद कुन कदम चाल्नेभन्दा पनि कुन पक्षले पहिले कदम चाल्ने विषयमा रहेको बताइएको छ।

    अमेरिका–इरान तनाव कम गर्दै होर्मुज जलमार्ग पुनःखोल्ने प्रयासमा कतारले मध्यस्थको भूमिका निर्वाह गरिरहेको छ।

    होर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। युद्ध सुरु हुनुअघि विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ढुवानी हुने गरेको थियो। लामो समयसम्म यो मार्ग अवरुद्ध रहेमा विश्वव्यापी ऊर्जा आपूर्ति र बजारमा ठूलो प्रभाव पर्न सक्ने जोखिम छ।

    यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले तेहरानमा विदेशी राजदूत तथा कूटनीतिज्ञहरूसँगको भेटमा अमेरिका कूटनीतिक समाधानतर्फ अघि बढ्ने आशा व्यक्त गरेका छन्। तर अमेरिकाले पुनः सैन्य कारबाही गरेमा त्यसको जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत उनले दिएका छन्।

    अराघ्चीले इरान आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन्।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend