Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी पुनर्निर्माणका लागि विश्व बैंकसँग १ अर्ब डलर स्रोत परिचालनबारे छलफल


२०, असोज २०८३
  • 55
    SHARES
  • भोटेकोशी पुनर्निर्माणका लागि विश्व बैंकसँग १ अर्ब डलर स्रोत परिचालनबारे छलफल

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच नेपालको पुनर्निर्माण, आर्थिक सुधार र सामाजिक संरक्षणका विषयमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

    विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले वासिङ्टन डिसीमा अध्यक्ष बाङ्गासँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर छलफल भएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ।

    भेटवार्तामा पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा समेत छलफल भएको छ। विपद्पछि प्रभावित क्षेत्रको पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने विषयलाई नेपालले प्राथमिकताका साथ अघि सारेको हो।

    विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विपद्बाट प्रभावित नेपाली नागरिकप्रति सहानुभूति व्यक्त गर्दै पुनर्निर्माण प्रक्रियामा विश्व बैंक नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

    भेटमा अध्यक्ष बाङ्गाले नयाँ सरकारले अघि सारेका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए।

    उनले नेपालका प्राथमिकताका क्षेत्रमा विकास साझेदारबीच सहकार्य विस्तार गर्ने विषयमा समेत चासो देखाएका छन्। एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारसँग समन्वय गरी संयुक्त लगानी विस्तारका लागि विश्व बैंकले नयाँ पहल गर्ने जानकारी अध्यक्ष बाङ्गाले दिएका छन्।

    नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। त्यसैले पनि भेटवार्तालाई नेपाल–विश्व बैंक सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।

    भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता थियो।

    भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै नेपालको आर्थिक सुधार र सामाजिक सुरक्षाका लागि ठूलो वित्तीय स्रोत परिचालन गर्ने विषयमा विश्व बैंकको उच्च नेतृत्वसँग भएको छलफलले आगामी पुनर्निर्माण तथा विकास साझेदारीलाई थप गति दिने अपेक्षा गरिएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend