Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मोदीको सार्वजनिक जीवनको २५ वर्ष पूरा, दिल्ली भाजपाले साताव्यापी ‘सेवा सङ्कल्प’ अभियान चलाउने


२०, असोज २०८३
  • 58
    SHARES
  • मोदीको सार्वजनिक जीवनको २५ वर्ष पूरा, दिल्ली भाजपाले साताव्यापी ‘सेवा सङ्कल्प’ अभियान चलाउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले राजधानीमा विशेष कार्यक्रमसहित ‘सेवा सङ्कल्प’ अभियान सञ्चालन गर्ने भएको छ।

    अभियानको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा हुने ‘सेवा ज्योति’ कार्यक्रमबाट गरिने भएको छ। भाजपा स्रोतका अनुसार अक्टोबर ७ मा हुने कार्यक्रममा प्रधानमन्त्री मोदी स्वयं सहभागी भएर राष्ट्रका नाममा सम्बोधन गर्ने सम्भावना छ।

    मुख्य कार्यक्रमअघि दिल्लीका विभिन्न संगठनात्मक मण्डलबाट ‘सेवा ज्योति’ जुलुस निकालिनेछ। भाजपा कार्यकर्ता तथा समर्थकहरू जुलुसमा सहभागी हुँदै मुख्य कार्यक्रमस्थल पुग्ने तयारी गरिएको छ। कार्यक्रममा करिब पाँच हजार जनाको सहभागिता रहने गरी दिल्ली भाजपाले व्यवस्थापन गरिरहेको बताइएको छ।

    कार्यक्रममा दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, मुख्यमन्त्री रेखा गुप्ता, दिल्लीका सांसद तथा विधायकहरू सहित भाजपा राष्ट्रिय तथा प्रदेश तहका पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको छ।

    भाजपाले ‘सेवा सङ्कल्प’ अभियानअन्तर्गत अक्टोबर ८ देखि थप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अक्टोबर ८ मा संघीय स्वास्थ्यमन्त्री जेपी नड्डा भारत मण्डपममा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

    त्यस्तै, अक्टोबर ९ मा केन्द्रीय गृहमन्त्री अमित शाह माटियाला विधानसभा क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले करिब १३ हजार करोड भारतीय रुपैयाँ लागतको ढल प्रशोधन प्लान्ट परियोजना उद्घाटन गर्ने अपेक्षा गरिएको भाजपा स्रोतले जनाएको छ।

    अक्टोबर १० मा प्रधानमन्त्री मोदी पूसामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। स्रोतका अनुसार वडनगर र वाराणसीबाट मोटरसाइकल र्‍यालीमा सहभागी करिब १ हजार २०० जना उक्त कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री मोदीले उनीहरूलाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

    मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरलाई भाजपाले सेवा, जनसहभागिता र जनसम्पर्कसँग जोडेर देशव्यापी रूपमा मनाउने तयारी गरेको छ। दिल्लीमा आयोजना हुने साताव्यापी कार्यक्रममार्फत पार्टीले आफ्ना संगठनात्मक संरचना सक्रिय बनाउँदै नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीति लिएको छ।

    भाजपाको दिल्ली इकाईले कार्यक्रम सफल बनाउन विभिन्न संगठनात्मक इकाई तथा वरिष्ठ नेताहरूसँग समन्वय गरिरहेको जनाएको छ। मोदीको राजनीतिक यात्राको २५ वर्षलाई केन्द्रमा राखिएको ‘सेवा सङ्कल्प’ अभियानले दिल्लीमा पार्टीको संगठनात्मक सक्रियता र जनसम्पर्कलाई थप तीव्र बनाउने देखिएको छ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend