Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक ६ प्रतिशत ब्याज


२०, असोज २०८३
  • 24
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक ६ प्रतिशत ब्याज

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो। उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।

    बैंकले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। त्यसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता बराबरको १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ।

    बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ।

    ऋणपत्रमा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम भने निष्कासनमा ल्याइएको सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    ऋणपत्रको निष्कासन छिटोमा कात्तिक १० गते बन्द हुनेछ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिनेछ।

    वार्षिक ६ प्रतिशत ब्याजदर र ७ वर्षको अवधिसहित राष्ट्रिय वाणिज्य बैंकले ल्याउन लागेको यो ऋणपत्रले स्थिर प्रतिफल खोज्ने लगानीकर्ताका लागि दीर्घकालीन लगानीको अर्को विकल्प थप गर्नेछ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend