Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पशुपतिनाथमा गैरहिन्दु प्रवेशको घटनाः इटहरीबाट प्रियङ्का र ओसीम पक्राउ


२१, असोज २०८३
  • 78
    SHARES
  • पशुपतिनाथमा गैरहिन्दु प्रवेशको घटनाः इटहरीबाट प्रियङ्का र ओसीम पक्राउ

    विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दु प्रवेश गरेको घटनालाई लिएर प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी रहेका छन्।

    पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

    केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियोसमेत बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे चर्चा चुलिएको थियो।

    भिडियोमा अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दुको प्रवेशसम्बन्धी विषयले थप चर्चा पाएको थियो। घटनाबारे प्रतिनिधिसभाको बैठकमा समेत प्रश्न उठाइएको थियो। सांसद खुस्बु ओलीले संसदमा यस विषयमा प्रश्न उठाएकी थिइन्।

    प्रहरीका अनुसार पक्राउ परेका परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती हुन्। परियारले भने आफूले आफ्ना श्रीमान्लाई आफ्नो धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको पशुपतिनाथको दर्शन गराउन मन्दिर लगेको बताएकी छन्। उनले श्रीमान्लाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यसँग जोडेर नहेर्न आग्रह गरेकी छन्।

    अन्सारी इटहरी उपमहानगरपालिका–८ का स्थायी बासिन्दा हुन्। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दुवै जनालाई गौशाला प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend