Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इराकमा बेलुनमार्फत लागूऔषध तस्करीको प्रयास विफल, २ लाख ५० हजार नशालु गोली बरामद


२१, असोज २०८३
  • 88
    SHARES
  • इराकमा बेलुनमार्फत लागूऔषध तस्करीको प्रयास विफल, २ लाख ५० हजार नशालु गोली बरामद

    बगदाद । इराकी सैन्य गुप्तचर बलले पश्चिमी मरुभूमि क्षेत्रमा लागूऔषध तस्करीको ठूलो प्रयास विफल पार्दै करिब २ लाख ५० हजार नशालु गोली बरामद गरेको छ।

    इराकी रक्षा मन्त्रालयका अनुसार तस्करहरूले ट्र्याकिङ उपकरण जडान गरिएको बेलुन प्रयोग गरेर लागूऔषध ओसारपसार गर्ने योजना बनाएका थिए। सैन्य गुप्तचर बलले उक्त योजनाबारे सूचना पाएपछि निगरानी बढाउँदै तस्करीको प्रयास विफल पारेको मन्त्रालयले जनाएको छ।

    बरामद गरिएको लागूऔषध ठूलो परिमाणमा रहेको जनाउँदै मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनासम्बन्धी फरेन्सिक अनुसन्धान इकाइले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको र अनुसन्धान पूरा भएपछि मुद्दा प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा पठाइने बताइएको छ।

    सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको सैन्य आक्रमणपछि इराकले लामो समयसम्म राजनीतिक अस्थिरता, हिंसा र द्वन्द्वको सामना गर्दै आएको छ। यस्तो परिस्थितिले देशमा लागूऔषध नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको अधिकारीहरूको भनाइ छ।

    इराकी सरकारले लागूऔषधको अवैध कारोबारलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ। सरकारले लागूऔषध तस्करीबाट हुने आम्दानी आतंकवादी गतिविधिका लागि आर्थिक स्रोत बन्न सक्ने भन्दै यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

    पश्चिमी मरुभूमि क्षेत्रमा पछिल्लो समय सुरक्षा निगरानी बढाइरहेका बेला ठूलो परिमाणमा नशालु गोली बरामद हुनुलाई इराकी सुरक्षा निकायले लागूऔषध तस्करीविरुद्धको अभियानमा महत्वपूर्ण सफलता मानेको छ। घटनामा संलग्न सञ्जाल र तस्करीको उद्देश्यबारे अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ। रासस

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend