Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको प्रभाव, दाबेदारमा भने बलियो देखिएनन्


२१, असोज २०८३
  • 65
    SHARES
  • नोबेल शान्ति पुरस्कारमा ट्रम्पको प्रभाव, दाबेदारमा भने बलियो देखिएनन्

    ओस्लो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका बलिया दाबेदारका रूपमा नदेखिए पनि शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा उनको प्रभाव भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिन सक्ने विज्ञहरूले बताएका छन् ।

    ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । आफूले पुरस्कार पाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका ट्रम्पले विगतमा पुरस्कार नपाएकोप्रति असन्तुष्टिसमेत जनाएका छन् । त्यसैले यस वर्ष नोबेल समितिले गर्ने निर्णयलाई ट्रम्पको विदेश नीति र उनको शान्ति प्रयासप्रतिको समर्थन वा आलोचनाका रूपमा समेत व्याख्या गर्न सकिने विश्लेषकहरूको भनाइ छ ।

    ओस्लोस्थित शान्ति अनुसन्धान संस्था (पिआरआईओ) का प्रमुख हाकोन जेर्लोले नोबेल समितिले पुरस्कार प्रदान गर्दा त्यसले विश्व शान्तिमा पार्ने प्रभावलाई विशेष रूपमा विचार गर्नुपर्ने बताएका छन् । उनका अनुसार पुरस्कारले कुनै व्यक्ति वा संस्थालाई सम्मान गर्ने मात्र नभई शान्तिको प्रयासलाई थप बल दिने वा त्यसको विपरीत असर पार्ने सम्भावनासमेत राख्छ ।

    यद्यपि, नोबेल शान्ति पुरस्कारका लागि हुने राजनीतिक तथा सार्वजनिक लबिङले समितिको निर्णय प्रभावित नहुने नर्वेजियन नोबेल इन्स्टिच्युटका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले स्पष्ट पारेका छन् । उनका अनुसार पुरस्कारका लागि विभिन्न व्यक्ति तथा संस्थाको समर्थनमा अभियान चल्नु सामान्य प्रक्रिया हो ।

    गत वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको थियो । मचाडोले आफ्नो नोबेल स्वर्ण पदक अमेरिकी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन् । यद्यपि, ट्रम्पबाट आफूले अपेक्षा गरेअनुसारको राजनीतिक समर्थन प्राप्त गर्न नसकेको चर्चा पनि हुँदै आएको छ ।

    यस वर्ष भने नोबेल शान्ति पुरस्कारका लागि बालअधिकार, मानवीय सहायता र युद्धपीडितको पक्षमा काम गर्ने व्यक्ति तथा संस्थाहरूको नाम चर्चामा छ । बालअधिकार क्षेत्रमा लामो समयदेखि सक्रिय ‘सेभ द चिल्ड्रेन’, युक्रेनी बाल अधिकार कार्यकर्ता माइकोला कुलेबा तथा युद्ध र भोकमरीबाट प्रभावित सुडानी नागरिकलाई सहयोग गर्दै आएको आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) सम्भावित दाबेदारका रूपमा हेरिएका छन् ।

    त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतजस्ता अन्तर्राष्ट्रिय संस्थाको नामसमेत सम्भावित पुरस्कार विजेताका रूपमा चर्चामा छ ।

    यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि कुल २८७ व्यक्ति तथा संस्था मनोनयनमा परेका छन् । विश्वमा बढ्दो द्वन्द्व र मानवीय सङ्कटका बीच यस वर्षको पुरस्कार घोषणा हुन लागेको हो । सन् २०२५ मा कम्तीमा एउटा राज्य पक्ष संलग्न भएका ६५ वटा सशस्त्र द्वन्द्व दर्ता हुनु विश्व शान्तिको अवस्था अझ चुनौतीपूर्ण बन्दै गएको सङ्केतका रूपमा लिइएको छ ।

    हार्पभिकेनका अनुसार विश्व अहिले शान्तिको दिशामा अपेक्षित रूपमा अघि बढिरहेको देखिँदैन । तर, युद्ध, हिंसा र मानवीय सङ्कटका बीच पनि शान्तिका लागि निरन्तर काम गरिरहेका व्यक्ति तथा संस्थाको कमी भने छैन ।

    यही पृष्ठभूमिमा शुक्रबार घोषणा हुने नोबेल शान्ति पुरस्कारले विश्वमा शान्ति स्थापना, मानवअधिकार संरक्षण र द्वन्द्व न्यूनीकरणका लागि काम गर्ने कुन प्रयासलाई अन्तर्राष्ट्रिय सम्मान दिन्छ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend