Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अस्ट्रेलियाको साथ : नेपाललाई थप १ अर्ब ६१ करोड सहयोग


२२, असोज २०८३
  • 60
    SHARES
  • अस्ट्रेलियाको साथ : नेपाललाई थप १ अर्ब ६१ करोड सहयोग

    काठमाडौं । नेपाल–अस्ट्रेलिया सम्बन्ध विस्तारसँगै बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर (करिब १ अर्ब ६१ करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ।

    मेलबर्नमा बिहीबार भएको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच दुई देशबीचको सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो। भेटका क्रममा विदेशमन्त्री वङले बाढी प्रभावित नेपालका लागि थप सहयोग घोषणा गरेकी हुन्।

    यसअघि पनि अस्ट्रेलियाले नेपालको आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिसकेको थियो। पछिल्लो सहयोगसँगै विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाको सहयोग थप विस्तार भएको छ।

    भेटमा मन्त्री खनालले नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गर्दै जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य थप प्रभावकारी बनाउन आग्रह गरे।

    विशेषगरी जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीको विकासमा अस्ट्रेलियासँग सहकार्य बढाउनुपर्नेमा मन्त्री खनालले जोड दिएका छन्।

    दुई देशका विदेशमन्त्रीबीच शिक्षा, पर्यटन, नवीकरणीय ऊर्जा, श्रम गतिशीलता, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। प्रत्यक्ष हवाई सम्पर्क विस्तारले दुई देशबीचको पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध थप सहज बनाउन सक्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

    नेपाल र अस्ट्रेलियाबीच पछिल्लो समय शिक्षा, श्रम, पर्यटन तथा विकास सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ। नयाँ सहयोगसँगै विपद् व्यवस्थापन र जलवायु अनुकूलनलाई समेत द्विपक्षीय सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउने संकेत देखिएको छ।

    नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकता दिँदै आएको छ। अस्ट्रेलियाको पछिल्लो सहयोगले तत्कालीन मानवीय सहायता मात्र नभई विपद् प्रतिकार्य र पुनर्स्थापनाका क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend