Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंमा लुटपाटको ‘माझी गिरोह’ पक्राउ, २७ भन्दा बढी घटनामा संलग्न रहेको प्रहरीको दाबी


२२, असोज २०८३
  • 36
    SHARES
  • काठमाडौंमा लुटपाटको ‘माझी गिरोह’ पक्राउ, २७ भन्दा बढी घटनामा संलग्न रहेको प्रहरीको दाबी

    काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको अप्रेसनका क्रममा मुख्य अभियुक्त माझीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले उक्त समूह लामो समयदेखि उपत्यकाका विभिन्न क्षेत्रमा लुटपाट र चोरीका घटनामा सक्रिय रहेको जानकारी दिए।

    प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले बिहान तथा रातिको समयमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई निशाना बनाउने गरेको थियो। बाटो सोध्ने बहानामा महिला तथा पुरुषलाई रोकेर सुनका सिक्रीलगायत गरगहना लुट्ने र त्यसपछि विभिन्न सवारीसाधन परिवर्तन गर्दै फरार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार गिरोहले हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका २७ भन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ।

    मुख्य अभियुक्त माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा कारागार बसेर छुटेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले जेनजी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको प्रहरीको भनाइ छ।

    प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट लुटपाटमा प्रयोग भएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र एक थान खुकुरी बरामद गरेको छ।

    गिरोहमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधिसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

     
     
     

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend