Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चाडपर्व सुरक्षामा सशस्त्र प्रहरीको विशेष तयारी : २८ हजारभन्दा बढी परिचालन, ४ हजार ५०० जनशक्ति ‘स्ट्यान्डबाइ’


२३, असोज २०८३
  • 87
    SHARES
  • चाडपर्व सुरक्षामा सशस्त्र प्रहरीको विशेष तयारी : २८ हजारभन्दा बढी परिचालन, ४ हजार ५०० जनशक्ति ‘स्ट्यान्डबाइ’

    काठमाडौँ । बडादसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सशस्त्र प्रहरी बलले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सडक दुर्घटना र विपद्का घटनामा तत्काल उद्धार गर्ने उद्देश्यसहित सशस्त्र प्रहरीले ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो।

    सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३’ अन्तर्गत २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी थप ४ हजार ५०० जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

    योजनाअन्तर्गत सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा विभिन्न स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरीले १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरेको छ।

    चाडपर्वका बेला हुने आवतजावत, भीडभाड र सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ। समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्ती सञ्चालन गर्नुका साथै सीमा नाकामा शङ्कास्पद गतिविधिमाथि निगरानी राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

    अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषधको ओसारपसार नियन्त्रण गर्न झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन समकक्षी सुरक्षा संगठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना बनाइएको छ।

    सडक दुर्घटना तथा अन्य आकस्मिक घटनामा परेका नागरिकलाई तत्काल उद्धार गर्न ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ। ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने सवारीसाधनसमेत काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएको छ।

    विपद् व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस र १६ वटा स्थायी विपद् बेसमा आवश्यक स्रोतसाधनसहित दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

    त्यसैगरी, दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल तथा मोबाइल गस्ती, लामो दूरीका गस्ती, विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली र गोताखोरसहितका विपद् उद्धार टोलीलाई २४ घण्टा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।

    संवेदनशील क्षेत्रको निगरानीलाई थप प्रभावकारी बनाउन २१ वटा ड्रोन परिचालन गरिएको छ। सीमा नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटीभी क्यामेरामार्फत २४ घण्टा निगरानी गर्ने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले बताए।

    चाडपर्वका समयमा यात्रुको चाप बढ्ने, बजार तथा सार्वजनिक स्थानमा भीडभाड हुने र सीमावर्ती क्षेत्रमा आवतजावत बढ्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सुरक्षा, निगरानी, उद्धार र नागरिक सहायताका गतिविधिलाई एकसाथ अघि बढाएको छ। विशेष सुरक्षा योजनामार्फत चाडपर्वको समयमा नागरिकलाई सुरक्षित रूपमा आवतजावत गर्न र सम्भावित जोखिमबाट जोगाउन आवश्यक व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend