Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँमा घर जाने हतारो : अग्रिम टिकट खुल्नुअघि नै नयाँ बसपार्कमा यात्रुको घुइँचो


२३, असोज २०८३
  • 76
    SHARES
  • दसैँमा घर जाने हतारो : अग्रिम टिकट खुल्नुअघि नै नयाँ बसपार्कमा यात्रुको घुइँचो

    काठमाडौँ । दसैँ मनाउन घर फर्किने हतारोले काठमाडौँको नयाँ बसपार्कमा अग्रिम बस टिकट खुल्नुअघि नै यात्रुको भीड लागेको छ। टिकट बुकिङ खुल्ने प्रतीक्षामा केही जिल्लाका यात्रु बिहीबार रातिदेखि नै लाइनमा बसेका छन्।

    सरकारले दसैँका लागि शुक्रबारदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि बझाङ, बाजुरा र धनगढी जाने यात्रुहरू भने टिकट लिन बिहीबार राति ९ बजेदेखि नै नयाँ बसपार्कमा लामबद्ध हुन थालेका हुन्।

    नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार दसैँमा घर जाने यात्रुहरू टिकट पाउने आशामा रातिदेखि नै लाइनमा बसेका छन्। यात्रुको चापलाई व्यवस्थापन गर्दै टिकट बुकिङ सहज बनाउन लोत्सेले नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।

    यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

    दसैँ नजिकिएसँगै काठमाडौँमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न रहेका नागरिक गाउँ फर्किने तयारीमा छन्। घर जाने यात्रुको चाप बढ्दै जाँदा टिकट व्यवस्थापन र सहज यात्राको चुनौतीसमेत थपिएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend