Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी जारी, मिति तय भएपछि सार्वजनिक गरिने


२३, असोज २०८३
  • 65
    SHARES
  • प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी जारी, मिति तय भएपछि सार्वजनिक गरिने

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहको भारत भ्रमणबारे चर्चा भइरहेका बेला परराष्ट्र मन्त्रालयले भ्रमणको मिति तय भइनसकेको स्पष्ट पारेको छ। पछिल्लो समय मंसिर ७ र ८ गते प्रधानमन्त्री साहले भारत भ्रमण गर्ने समाचार सार्वजनिक भए पनि मन्त्रालयले त्यसको औपचारिक पुष्टि गरेको छैन।

    शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए। उनले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा उच्चस्तरीय भ्रमण हुने बताए।

    प्रवक्ता क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ। तर, भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन। मिति तय भएपछि औपचारिक रूपमा सार्वजनिक गरिने उनले स्पष्ट पारे।

    ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइरहेको छैन। मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ,’ प्रवक्ता क्षेत्रीले भने।

    प्रधानमन्त्री साहले पद सम्हालेदेखि नै उनको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। यसअघि भ्रमणको सम्भावित मितिबारे विभिन्न समाचार सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयको पछिल्लो भनाइले भ्रमणको औपचारिक मिति निर्धारण हुन बाँकी रहेको देखाएको छ।

    नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र उच्चस्तरीय संवादका दृष्टिले प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिए पनि भ्रमणको मिति र विस्तृत कार्यसूचीबारे भने औपचारिक घोषणा हुन बाँकी छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend