Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बूढीगण्डकी बाढीको वितण्डा : ६ पुल बगायो, १० जना सम्पर्कविहीन, ३५ घरमा क्षति


२५, असोज २०८३
  • 90
    SHARES
  • बूढीगण्डकी बाढीको वितण्डा : ६ पुल बगायो, १० जना सम्पर्कविहीन, ३५ घरमा क्षति

    गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल गरी ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घरसमेत बाढीले बगाएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी जोड्ने र आरुघाटको सोती तथा मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।

    बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भ¥याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

    बाढीबाट चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगर क्षेत्र सबैभन्दा प्रभावित भएका छन्। त्यहाँका करिब ३५ घर बगाएको प्रारम्भिक विवरण छ। यसैगरी जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत बाढीले क्षति पुर्‍याएको छ।

    बाढीले पुल र घर बगाउँदा स्थानीय बासिन्दाको आवतजावत तथा जनजीवन प्रभावित भएको छ। कम्तीमा १० जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भए पनि उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

    नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend