Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उदयपुरमा एकैदिन एक हजार किलोभन्दा बढी गाँजा बरामद, बोलेरोसहित युवक पक्राउ


२६, असोज २०८३
  • 101
    SHARES
  • उदयपुरमा एकैदिन एक हजार किलोभन्दा बढी गाँजा बरामद, बोलेरोसहित युवक पक्राउ

    उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिनुका साथै गाँजा ढुवानीमा प्रयोग गरिएका बोलेरो गाडीसमेत बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।

    इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गल तथा चौदण्डीगढी नगरपालिका–१ को चारघरेबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

    प्रहरी उपरीक्षक चापागाईंका अनुसार गए राति कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलमा पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा फेला परेको थियो। उक्त गाँजा तिनतलेबाट सिराहातर्फ लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको हो।

    एकैदिन दुई स्थानबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू तथा यसको स्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend