Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल–इन्डोनेसिया सहकार्य विस्तारमा जोड, परराष्ट्रमन्त्री खनाल र राजदूतबीच भेटवार्ता


२९, असोज २०८३
  • 176
    SHARES
  • नेपाल–इन्डोनेसिया सहकार्य विस्तारमा जोड, परराष्ट्रमन्त्री खनाल र राजदूतबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच नेपाल–इन्डोनेसिया द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

    परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने तथा आपसी सहयोगका क्षेत्रलाई विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।

    परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो।

    नेपाल र इन्डोनेसियाबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै पारस्परिक हित र सहकार्यका अवसर विस्तार गर्न यस्ता उच्चस्तरीय भेटवार्ताले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend