Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ


३०, असोज २०८३
  • 177
    SHARES
  • संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउने व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्। राज्यका गोप्य सूचनाको संरक्षण र गोपनीयता कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले सूचना चुहावटप्रति सचेत र जिम्मेवार बन्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउने कार्यलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले सूचनाको सुरक्षा र गोपनीयता कायम राख्दै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न प्रहरी प्रशासनलाई आग्रह गरे।

    नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न सरकारले कानुनी सुधारको तयारी गरिरहेको उनले जानकारी दिए। प्रहरी कर्मचारीलाई थप उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    अपराधले राष्ट्रिय सीमाको परिधि नचिन्ने उल्लेख गर्दै गृहमन्त्री गुरुङले अन्तरदेशीय अपराधको नियन्त्रण तथा अनुसन्धान गर्न सक्ने क्षमतासहित नेपाल प्रहरीलाई स्थापित गर्नुपर्नेमा जोड दिए। बदलिँदो अपराधको प्रकृति र चुनौती सामना गर्न प्रहरी संगठनलाई थप दक्ष, प्रविधिमैत्री र व्यावसायिक बनाउन आवश्यक रहेको उनले बताए।

    प्रहरीको बर्दी नागरिकका लागि डर र त्रासको नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने उनको भनाइ थियो। प्रहरी र नागरिकबीचको सहकार्यलाई बलियो बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न उनले निर्देशन दिए।

    विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको चर्चा गर्दै गृहमन्त्री गुरुङले उनीहरूका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको जानकारी दिए। त्यस्तै, नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रहरी दरबन्दी थप गर्ने प्रस्ताव गरिएको उनले बताए।

    नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको उल्लेख गर्दै उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली सुधार गरी नागरिकमैत्री बन्न आग्रह गरे। अपराध नियन्त्रण तथा अनुसन्धानमा कुनै प्रकारको सम्झौता नगर्न र शून्य सहनशीलताको नीति अवलम्बन गर्नसमेत उनले निर्देशन दिए।

    प्रहरी दिवसको अवसरमा गृहमन्त्री गुरुङले बदलिँदो सुरक्षा चुनौती सामना गर्न सक्षम, उत्तरदायी र जनविश्वास आर्जन गर्न सक्ने प्रहरी संगठन निर्माणमा जोड दिएका छन्।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend