Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फुटबलबाट विमल घर्तीमगरको सन्न्यास, भावुक सन्देशसहित टुंग्याए खेल जीवन


१, कात्तिक २०८३
  • 104
    SHARES
  • फुटबलबाट विमल घर्तीमगरको सन्न्यास, भावुक सन्देशसहित टुंग्याए खेल जीवन

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगरले आफ्नो फुटबल करियर टुंग्याउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले देशका लागि फुटबल खेलेको आफ्नो यात्रालाई यहीँ पूर्णविराम लगाएको बताएका हुन्।

    बुटवलबाट सुरु भएको फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको स्मरण गर्दै विमलले आफ्नो करियर लामो र कठिन रहेको बताएका छन्। फुटबललाई नै आफ्नो सबैथोक दिएको उल्लेख गर्दै उनले देशका लागि सधैँ मनैदेखि खेलेको बताएका छन्।

    ‘मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन्।

    आफ्नो फुटबल यात्रामा साथ दिने समर्थक, शुभचिन्तक र फुटबलप्रेमीप्रति आभार व्यक्त गर्दै विमलले उनीहरूकै माया र समर्थनले आफूलाई यहाँसम्म पुर्‍याएको बताएका छन्। करियर टुंग्याउने निर्णय लिँदा निकै भावुक भएको उल्लेख गर्दै उनले आफ्नो यात्रामा साथ दिने सबैलाई एकमुष्ट धन्यवाद दिएका छन्।

    ‘आज यो निर्णय लिँदा म निकै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु,’ उनले लेखेका छन्।

    नेपाली फुटबलमा परिचित नामका रूपमा रहेका विमलले युवा उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। राष्ट्रिय टोलीका लागि खेल्दै आएका उनी पछिल्लो समय भने अस्ट्रेलिया पुगेका थिए।

    उनको करियर टुंग्याउने घोषणासँगै नेपाली फुटबलमा उनले पुर्‍याएको योगदान र राष्ट्रिय टोलीसँगको उनको यात्रा फेरि चर्चामा आएको छ।

  • एनपीएलमा कर्णाली याक्सको ‘पावर’ बढाउन पाकिस्तानी कप्तान फरहान काठमाडौंमा

    काठमाडौं । पाकिस्तानको टी२० राष्ट्रिय टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग

  • रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा कप्तान रोहित पौडेलको शतकीय इनिङ्सको मद्दतमा नेपालले

  • ओमान ‘ए’ विरुद्ध नेपालको अभ्यास खेलमा अनौठो प्रयोग, १६१ होइन २४० रनको लक्ष्य

    काठमाडौं । आईसीसी लिग२ को त्रिकोणात्मक सिरिजका लागि ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend