Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चक्रवात ‘अर्नब’को प्रभाव आज देशभर फैलिँदै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


१४, कात्तिक २०८३
  • 52
    SHARES
  • चक्रवात ‘अर्नब’को प्रभाव आज देशभर फैलिँदै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज थप विस्तार हुने भएको छ। मौसमविद्का अनुसार चक्रवातको प्रभावले देशका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।

    शुक्रबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो भने काठमाडौं उपत्यकामा समेत छिटपुट पानी परेको थियो। तर आज वर्षाको मात्रा बढ्नुका साथै यसको प्रभाव देशका धेरै क्षेत्रमा फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज (कात्तिक १३ गते) देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ।

    विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

    आज रातिसमेत देशका अधिकांश स्थानमा बदली रहने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

    शनिबार (कात्तिक १४ गते) पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।

    यद्यपि आइतबारदेखि मौसममा क्रमिक सुधार आउने देखिएको छ। कात्तिक १५ र १६ गते देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

    लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। विशेषगरी यात्रा तथा बाहिरी गतिविधिमा संलग्न हुनेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न उचित हुनेछ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend