Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिमताल फुटेपछि भुटानमा बाढीको वितण्डा, मुख्य सडक बगायो


१४, कात्तिक २०८३
  • 68
    SHARES
  • हिमताल फुटेपछि भुटानमा बाढीको वितण्डा, मुख्य सडक बगायो

    काठमाडौं । भुटानको उत्तरी क्षेत्रमा हिमतालबाट एक्कासि ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ। बाढीले मुख्य सडकको एक खण्डमा क्षति पुर्‍याएपछि दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।

    गासा जिल्लास्थित शिंताफू हिमतालबाट निस्किएको बाढी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो। बाढीले लाया जोखांग सडकको एक खण्ड बगाएपछि उक्त सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको भुटानी अधिकारीहरूले जनाएका छन्।

    घटनापछि जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आसपासका बस्तीमा समेत सतर्कता अपनाउन सूचित गरिएको छ। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन।

    रातिको समयमा बाढी आएको र हिमतालबाट बाहिरिएको पानीको मात्रा यकिन हुन नसकेकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ। प्रारम्भिक आकलनअनुसार बाढीले थप भौतिक क्षति पुर्‍याउन सक्ने जोखिम देखिएको छ।

    यस घटनाको प्रभाव भारतको पश्चिम बंगालसम्म पर्न सक्ने आशंकामा त्यहाँ पनि सतर्कता बढाइएको छ। वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

    उनले जोखिममा रहेका नागरिकसँग निरन्तर सम्पर्कमा रहन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिएका छन्।

    हिमतालबाट एक्कासि पानी बाहिरिएर आएको बाढीले भुटानको दुर्गम बस्तीको सडक सम्पर्क नै अवरुद्ध बनाएपछि सम्भावित थप जोखिमप्रति स्थानीय प्रशासन सतर्क बनेको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend