Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन ठाउँमा कहिले बन्द हुन्छ ?


१४, कात्तिक २०८३
  • 68
    SHARES
  • काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन ठाउँमा कहिले बन्द हुन्छ ?

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तार तथा व्यवस्थापनको काम गर्ने भएपछि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

    प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्न आजदेखि आगामी २० कात्तिकसम्म विद्युत् कटौती गरिनेछ। निर्धारित तालिकाअनुसार बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार १३ कात्तिकमा हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। त्यस्तै, १४ र १६ कात्तिकमा कलंकी–स्युचाटार क्षेत्रमा तथा १५ कात्तिकमा कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    यसैगरी, १७ कात्तिकमा युएनपार्कदेखि बिजुलीबजारसम्म, १८ र २० कात्तिकमा धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ कात्तिकमा हाजमा पुल क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

    भूमिगत विद्युत् लाइन विस्तारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणको भनाइ छ।

    यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् कटौतीबाट दैनिक जनजीवन तथा व्यावसायिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न उपभोक्तालाई प्राधिकरणले आग्रह गरेको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend