Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१५, कात्तिक २०८३
  • 57
    SHARES
  • पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    बुधबार दिउँसो हुलाकी सडकखण्डमा भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी अन्दाजी ४० देखि ५० वर्षीय पोषकान्त पोखरेलको मृत्यु भएको हो।

    प्रहरीका अनुसार दिउँसो करिब १२ः१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो। तर, चिकित्सकले दिउँसो १२ः२० बजे नै उहाँलाई मृत घोषणा गरेका थिए।

    दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक २६ वर्षीय बन्धु राना र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

    877507052_1636606731525819_8603864789322430747_n.jpg

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend