Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिरोले बीपी राजमार्ग ठप्प, दुई स्थानमा सडक अवरुद्ध


१५, कात्तिक २०८३
  • 58
    SHARES
  • पहिरोले बीपी राजमार्ग ठप्प, दुई स्थानमा सडक अवरुद्ध

    काभ्रे । काभ्रेको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा सवारी आवागमन ठप्प हुँदा यात्रुहरू अलपत्र पर्ने अवस्था सिर्जना भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

    लगातार वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले वर्षा जारी रहेकाले सडक खुलाउन सहज नहुने जानकारी दिए।

    उनले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

    पहिरोका कारण बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend