Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कारलाई ६५ रुपैयाँ


१६, कात्तिक २०८३
  • 34
    SHARES
  • नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कारलाई ६५ रुपैयाँ

    काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनले निर्धारित दरअनुसार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो।

    नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सबै प्रकारका सवारीसाधनबाट नेपाल राजपत्रमा प्रकाशित दररेटअनुसार दस्तुर संकलन गरिनेछ।

    निर्धारित शुल्कअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।

    सुरुवाती चरणमा शुल्क भुक्तानीका लागि नगद र क्यूआर कोडको व्यवस्था गरिएको छ। आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी गरिएको आयोजना प्रमुख नेपालले बताएका छन्।

    सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले सवारीसाधनबाट शुल्क संकलन गर्नेछन्। यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमनको जिम्मेवारी सडक बोर्ड नेपाल र सडक विभागले पाएका छन्।

    दस्तुर संकलन सुरु भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने यात्रु तथा सवारीधनीले अब यात्रा गर्दा निर्धारित शुल्कसमेतको व्यवस्था गर्नुपर्ने भएको छ।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend