Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा


१९, कात्तिक २०८३
  • 71
    SHARES
  • भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको तयारी र त्यसका एजेन्डा तय गर्न भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् ।

    परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले आज र भोलि नेपालका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ । उक्त वार्तामा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमण, भ्रमणका एजेन्डा तथा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हित र चासोका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गरिनेछ ।

    यसका अतिरिक्त विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ सरकारी अधिकारी तथा विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

    भारतीय विदेश सचिवको यो भ्रमणलाई प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको तयारी र दुई देशबीच उच्चस्तरीय संवाद अघि बढाउने महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

  • नक्कली भुटानी शरणार्थी प्रकरणदेखि प्रहरी नेतृत्वसम्म : डा. मनोज केसीको यात्रा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट राष्ट्रिय चर्चामा आएका डा. मनोज केसी नेपाल प्रहरीको

  • ६८ हजार युवालाई निःशुल्क एआई तालिम, आवेदन दिएका सबैलाई सहभागी गराइने

    काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रम्प्ट इन्जिनियरिङ तालिममा आवेदन

  • तिहारमा भाइ मसला महँगियो : पिस्ताको मूल्य प्रतिकिलो ३ हजार ६०० रुपैयाँसम्म

    काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य उल्लेख्य रूपमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend