Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६८ हजार युवालाई निःशुल्क एआई तालिम, आवेदन दिएका सबैलाई सहभागी गराइने


१९, कात्तिक २०८३
  • 68
    SHARES
  • ६८ हजार युवालाई निःशुल्क एआई तालिम, आवेदन दिएका सबैलाई सहभागी गराइने

    काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रम्प्ट इन्जिनियरिङ तालिममा आवेदन दिएका सबै युवालाई सहभागी गराउने भएको छ। सुरुमा दुई हजार जनालाई मात्र तालिम दिने तयारी गरेको सरकारले ६८ हजारभन्दा बढी आवेदन परेपछि सबैलाई समेट्ने निर्णय गरेको हो।

    युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ तालिमप्रति युवाहरूको उल्लेखनीय आकर्षण देखिएको छ।

    प्रतिष्ठानका अनुसार पहिलो चरणमा गुगल फाराममार्फत ४२ हजारभन्दा बढीले आवेदन दिएका थिए। अत्यधिक चापका कारण फाराममा पहुँच अवरुद्ध भएपछि श्रमसंसार पोर्टलमार्फत पुनः आवेदन खुलाइएको थियो। दोस्रो चरणमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

    यसअघि कात्तिक १८ र १९ गते चारवटा सत्र सञ्चालन गरी प्रतिसत्र ५०० जनाका दरले दुई हजार जनालाई मात्र प्रशिक्षण दिने योजना थियो। तर, एआई सीप सिक्न युवाहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै आवेदन दिएका सबैलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाइएको हो।

    दुई दिन, दैनिक दुई समय अनलाइन कक्षा

    तालिममा सहभागी हुन आवेदन दिएका व्यक्तिहरूलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत सहभागी हुने लिंक पठाइनेछ। आवेदकले आवेदन फाराममा रोजेको समयअनुसार कक्षामा सहभागी हुन सक्नेछन्।

    कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिमका लागि बिहान १० देखि दिउँसो १२ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्मको समय निर्धारण गरिएको छ। मोबाइल फोन वा ल्यापटपबाट प्रत्यक्ष अनलाइन कक्षामा सहभागी हुन सकिनेछ।

    ChatGPT देखि भिडियो निर्माणसम्मको सीप

    तालिममा ChatGPT, Claude लगायतका एआई उपकरण प्रभावकारी रूपमा प्रयोग गर्ने तरिका सिकाइनेछ। त्यस्तै, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुतीकरण बनाउने, तस्बिर तथा छोटा भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने विषय समेटिएका छन्।

    एआईलाई दैनिक जीवन तथा व्यावसायिक काममा कसरी उपयोग गर्ने भन्ने व्यावहारिक सीप प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ।

    राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा सञ्चालन गर्न लागेको यो तालिम पूर्ण रूपमा निःशुल्क हुनेछ। तालिमका लागि आवेदन दिने समय कात्तिक १७ गते दिउँसो ३ बजे नै समाप्त भइसकेको छ।

  • नक्कली भुटानी शरणार्थी प्रकरणदेखि प्रहरी नेतृत्वसम्म : डा. मनोज केसीको यात्रा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट राष्ट्रिय चर्चामा आएका डा. मनोज केसी नेपाल प्रहरीको

  • तिहारमा भाइ मसला महँगियो : पिस्ताको मूल्य प्रतिकिलो ३ हजार ६०० रुपैयाँसम्म

    काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य उल्लेख्य रूपमा

  • भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको तयारी र त्यसका एजेन्डा तय

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend