काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताउनुभएको छ ।
२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताउनुभएको हो ।
नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सवै कुराहरु देशको सम्पती भएको उहाले बताउनुभयो । उहाले नेपालको कला संस्कृतिको संरक्षण र संवर्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रुपमा चिनाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उहाँले संविधानमा उल्लेख समावेशीताको बिषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो ।