Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पत्रकारलाई चरम यातना,आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब


२७, साउन २०८०
  • 180
    SHARES
  • पत्रकारलाई चरम यातना,आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब

    लण्डन । चीनले अष्ट्रेलियाकी महिला पत्रकार चेङ लेईलाई जेलमा थुनेर राखेको छ । चेङ लेईलाई चीनले तीन वर्षदेखि जासुसीको आरोपमा थुनेर राखेको छ । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छिन् ।

    चीनले चेङ लेईलाई जेलभित्रमा निकै यातना दिएर राखेको छ । चेङ लेईलाई वर्षमा १० घण्टा मात्रै घाममा उभिन दिने गरिएको छ । चेङ लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेर जेलभित्रको यातनाका बारेमा जानकारी गराएकी छिन् । ४८ वर्षीय चेङ लेईलाई सन् २०२० को अगस्टमा चीनको गोप्य कुरा अर्को देशसँग बाँडेको आरोपमा पक्राउ गरिएको थियो ।

    चेङ लेई त्यतिबेला चिनियाँ सरकारी टेलिभिजनका लागि व्यावसायिक टेलिभिजन एन्करको रूपमा काम गर्दै थिइन् । आफ्नो पत्रमा महिला पत्रकार चेङ लेईले लेखेकी छिन्, ‘मेरो कोठरीको झ्यालबाट सूर्यको किरण आउँछ । म वर्षमा १० घण्टा मात्र घाममा उभिन सक्छु ।’ चेङ लेईले आफ्नो चिठ्ठीमा लेखेकी छिन्, ‘विगत तीन वर्षदेखि मैले एउटा रुख पनि देखेको छैन । म नदी, ताल, समुद्र तट र पिकनिकस्थल मिस गर्छु ।’

    ‘म मेरा बच्चाहरूलाई धेरै मिस गर्छु’, पत्रकार चेङ लेईले पत्रमा उल्लेख गरेकी छिन् । उनको सन्देश हालै चेङ लेईका पार्टनर निक कोलले अस्ट्रेलियाली समाचार आउटलेटहरू र सोशल मिडिया प्लेटफर्महरूमा उपलब्ध गराएका छन् । चीन र अष्ट्रेलियाबीचको तनाव बढ्दै गएको बेला चेङ लेईलाई हिरासतमा लिइएको थियो । चेङ लेईलाई पक्राउ गरेपछि केहीले प्रश्न उठाएका थिए ।

    अष्ट्रेलियाको सरकारले पनि चेङ लेईको हिरासतमा बारम्बार चिन्ता व्यक्त गरेको छ । चेङ लेईको मुद्दामा अहिलेसम्म कुनै निर्णय आएको छैन । चीनले महिला पत्रकार चेङ लेईको कथित अपराधको कुनै विवरण सार्वजनिक गरेको छैन ।

    चेङ लेईको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङले चेङ लेईलाई आफ्ना बच्चाहरूसँग पुनर्मिलन भएको हेर्न चाहेको बताएका छन् । विदेशमन्त्री वाङले शुक्रबार विज्ञप्ति जारी गरेर अस्ट्रेलियाले लगातार चेङ लेईको वकालत गरेको बताएका छन् । 

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार मानव व्यवहारको आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब दिइएको मन्त्री वाङले बताएका छन् । जासुसीको आरोपमा चेङ लेईलाई सन् २०२० मा पक्राउ गरेर जेलमा हालिएको छ । एजेन्सी

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend